latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

भक्तपुर, ११ चैत

झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एकदिने झोल साबुन बनाउने तालिम शनिबार सम्पन्न भएको छ ।

 

संस्थाको व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछाले प्रशिक्षक दयालक्ष्मी त्वातीलाई तालिम सामग्री हस्तान्तरण गरी तालिम उद्घाटन भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गोसाईले सफाइको महत्वलाई झल्काउन सावुन बनाउने तालिम दिएको बताए । तालिमपछि व्यवसायीक बन्न औपचारिक रुपमा सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी व्यवसाय गर्नुपर्ने कुरालाई उनले जोड दिए ।

कार्यक्रमको उद्घाटनमा व्यवसाय प्रवद्र्धन उप–समितिका संयोजक नाती तुईतुई, संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवां, सचिव हरिकृष्ण दनेगुलु, व्यवसाय प्रवद्र्धन उप–समितिका सदस्य कृष्णमाया कवां र प्रशिक्षक दयालक्ष्मी त्वातीले पनि तालिमको महत्वको बारेमा आ–आफना विचार व्यक्त गरेका थिए । तालिममा १८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । तालिमपछि उनीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय