रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता Rani DiDi || Harka Sampang || Dainik Khabar Nepal || Dharan
श्रम संस्कृति पार्टीको घोषणा–दृष्टि (संक्षिप्त रूपान्तरण):
✓ लोकतन्त्र, संघीयता र प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको पक्षधर
✓ समानुपातिक, समावेशी र धर्मनिरपेक्ष राज्य व्यवस्था
✓ हर्कवाद — प्रकृति, संस्कृति र प्रविधिको समन्वयमा आधारित सोच
✓ श्रम संस्कृति महाअभियानमार्फत राष्ट्रिय जागरण
✓ श्रम संस्कृतिलाई समग्र परिवर्तनको मुख्य आधार मान्यता
✓ व्यक्ति, समुदाय र समाजको सकारात्मक रूपान्तरण
✓ सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक क्षेत्रको व्यापक सुधार
✓ प्रकृति–संस्कृति–प्रविधिबीच सन्तुलित विकास
✓ प्राकृतिक स्रोतको संरक्षण र प्रभावकारी उपयोग
✓ सांस्कृतिक उत्थान तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन
✓ प्रविधि विकास र विश्व बजारमा प्रतिस्पर्धात्मक सहभागिता
✓ अनिवार्य श्रम र श्रमदानद्वारा चेतनागत, आर्थिक र मानवीय उन्नति
✓ सामाजिक जागरण र सकारात्मक मनोविज्ञानको प्रवर्द्धन
✓ जनसंख्यालाई उत्पादक जनशक्तिमा रूपान्तरण
✓ स्वाधीन अर्थतन्त्र र नियन्त्रित बजार प्रणाली
✓ श्रममा आधारित विभेदको अन्त्यसहित समतामूलक समाज निर्माण
✓ भूपू गोर्खा सैनिक (बेलायती सेना र सिङ्गापुर पुलिसबाट निवृत्त) का अधिकार सुनिश्चित
✓ समान सुविधा र पेन्सनका लागि दृढ पहल
✓ भूपू गोर्खा सैनिकको नागरिकता यथावत् कायम
✓ जीवनोपयोगी शिक्षामा आधारित शैक्षिक क्रान्ति, सैद्धान्तिक शिक्षालाई सीमितता
✓ उत्पादन, निर्माण र आविष्कारमुखी अर्थतन्त्र
✓ “एक गाउँ–एक उद्योग, एक व्यक्ति–एक उद्यम” अभियान
✓ कला, साहित्य र खेलकुदको व्यावसायिक तथा औद्योगिक विकास
✓ किसान, मजदुर र विपन्न वर्गमुखी शासन
✓ कानुनी, सामाजिक र सांस्कृतिक न्यायको प्रत्याभूति
✓ विदेशी हस्तक्षेपमुक्त सुशासन र समुन्नति
✓ राष्ट्रिय एकता र स्वाभिमानको सुदृढीकरण
✓ स्वाधीनता सहितको समृद्ध राष्ट्र निर्माण


