latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

भक्तपुर, १० चैत । प्रहरीले मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल खरिद गर्नेलाई पक्राउ गरेको छ ।

 

भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोवाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने बर्ष २२ को जिनलाप घिसिङ तथा चोरीको मोवाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु नै बस्ने बर्ष ३० को रामशरण अछामीलाई पक्राउ गरेको हो ।

 

यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमलविनायकमा पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोवाइल चोरी भएको उजुरी परेको थियो ।

 

प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोवाइल चोरी भएकोमा चोरी भएका मोवाईलहरु मध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोवाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।

 

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

 

साथै, फागुन १४ गते काठमाडौं बुढानिलकण्ठमा रामकुमार दंगालले सञ्चालन गरेको चाहना मोवाइल मार्ट तथा फागुन १६ गते जोरपाटीको अशोक सापकोटाले सञ्चालन गरेको सापकोटा मोवाइल सेन्टरमा समेत निज जिनलाप घिसिङले चोरी गरेको अनुसन्धानको क्रममा खुल्न आएको भक्तपुर प्रहरी परिसका सूचना अधिकृत बसन्त पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय