latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

काठमाडौं, ३ फागुन । देशका विभिन्‍न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन् ।

 

काठमाडौंकाे काठमाडौं महानगरपालिका-१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम, डिजिटल तराजु थान-१, नगद २ लाख ३९ हजार ५ सय रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु, मोबाइल ३ थान र बागमती प्रदेश ०२-०२४ प२९३३ नम्बरको मोटरसाइकल १ थानसहित काभ्रे रोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं टंकेश्वर बस्ने ३० वर्षीय बालकृष्ण ठकुरीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

ललितपुरकाे ललितपुर महानगरपालिका-४ नमोबुद्धमार्ग बागडोल बस्ने ४१ वर्षीय राजेन्द्र थापाको घरबाट नियन्त्रित अवैध लागूऔषध नुर्फिन १ सय ४ एम्पुल, डाईजेपाम १ सय ३० एम्पुल, फेनारगन ७४ एम्पुल, नगद ४ हजार २ सय ९५ रूपैयाँ र मोबाइल १ थानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा राजेन्द्र थापा र सोही ठाउँ बस्ने शिब बहादुर थापा रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले राजेन्द्र थापाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर लागुऔषध मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 

सुनसरीकाे ईटहरी उपमहानगरपालिका-४ कचना टोलबाट १ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय भिम तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय