
धनकुटा । धनकुटाको पाख्रीवासमा केही वेरअघि बसले सहचालकलाई कि’च्दा सह चालक ग’म्भिर घा’ईते भएका छन् ।
भोजपुरबाट धरान तर्फ जाँदै गरेको बा २ ख ५८४० नं बसका सहचालक चलिरहेकै बसको ढोकाबाट ख’सेपछि उनलाई मामा भाञ्जा होटल अगाडी कि’चेको हो । उनलाई ग’म्भिर अवस्थामा उपचारका लागि अ’स्पताल लगिएको प्रहरीलाई उधृत गर्दै ४ नं वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।
बस र चालक ईलाका प्रहरी कार्यलय पाख्रीबासले नि’यन्त्रणमा लिएकाे छ ।
सहचालकको नाम, ठेगाना अहिले केही नखुलेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
बिस्तृत विवरण आउन बॉंकी छ ।
यो पनि पढ्नुहोस्…
आजदेखि मध्य भोटेकोसीको आईपीओ बिक्री खुला
काठमाडौं, २० असोज/मध्य भोटेकोसी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा सर्वसाधारणले २० देखि २५ असोजसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले गत ५ वैशाखमा नेपाल धितोपत्र बोर्डबाट कुल एक करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।
प्रतिक्रिया दिनुहोस
संबन्धित
एमाले नेताहरुले गरिरहेको भ्र’ष्टचारको जनस्तरमा भ’ण्डाफोर गर्नु पर्छ : नेता हेमराज भण्डारी