
काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार ५०० रुपैयाँ बढेको सुनको भाउ आज बुधबार भने प्रतितोला ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार तेजावी सुन प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।