दाङ, २८ फागुन । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्यायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय