latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

मलेसियामा

मेथानोल नामक बिष मिसाइएको मदिरा (रक्सी) सेवन गरेको कारण गएको महिना सेप्टेम्बर ९ तारिखदेखि यता ३३ जना स्वदेशी तथा विदेशी नागरिकहरु को मृत्यु भएको छ।

पछिल्लो महिना मेथानोल नामक बिष मिसाइएको रक्सी सेवनबाट ५५ जना मानिसहरु बिरामी परेर अस्पताल भर्ना भएका थिए , जसमध्ये ३३ जना मानिसहरुको सेप्टेम्बर ९ तारिखदेखि ३० तारिखभित्रमा मृत्यु भएको मलेसिया सरकारको स्वास्थ मन्त्रालयको महानिर्देशक तान श्रि डा.नुर हिशाम अब्दुल्लाहले बताउनुभएको हो।

बिषाक्त मदिरा (रक्सी) सेवनबाट मृत्यु हुनेहरूमा १८ जना मलेसियन नागरिक र १५ जना विदेशी नागरिकहरु रहेको बताउनुभयो । विदेशी नागरिकहरुमा म्यानमार , भारत र नेपालको रहेको बताउनुभएको हो।

तान श्रि डा.नुर हिशामले भने कि , मेथानोल नामक बीस मिसाइएको रक्सी सेवन गरिसकेपछि पेट दुख्ने, वाकवाकी लाग्ने , उल्टि हुने , टाउको दुख्ने र रक्सी सेवन गरेको पाँच दिन भित्र धमिलो दृष्टि (आँखा अन्धो ) भएजस्तो हुने लक्षण देखिने बताउनुभयो।

यता मलेसिया स्थित नेपाली दूतावासका अनुसार मेथानोल बिष मिसाइएको रक्सी सेवनले नेपाली श्रमिकहरुले ज्यान गुमाउनुको साथै आँखा को ज्योति समेत गुमाएको बताउनुभएको छ।

मलेसियामा कार्यरत रहनुभएका नेपाली श्रमिकहरुले त्यस्तो मेथानोल जस्तो बिषाक्त पदार्थ मिसाइएको रक्सी सेवन नगर्नुहुन र आफ्नो ज्यान जोगाउनुहुन दूतावासले सम्पुर्णमा अनुरोध गर्नुभएको छ। एजेन्सी साभार : मलाया खबर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय