latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, २३ माघ । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।

जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुवै पक्षले दिएको पुनरावेदनमाथि शुक्रबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।

सो आदेशसँगै अब शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय