latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

हेमन्त केसी
सुर्खेत, २३ माघ । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट आएको सामग्री हिल्सामै रोकिएको छ । चीनले एक तर्फी रुपमा खुलाएको उक्त नाकाबाट ल्याइएको सामग्री हिमपातले नारा लेकबाट आउने बाटो बन्द भएपछि सामान ल्याउन नसकिएको हो ।

वैशाखअघि उक्त लेकबाट सामान ल्याउन सक्ने अवस्था नरहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । यारी लेकको उचाई चार हजार ६ सय मिटर रहेको छ । हिल्साबाट सामग्री बुझे पनि सिमकोट तर्फ ल्याउन नपाएको बताइएको छ ।

पहिलो लटमा हिल्सा भित्रिएको खाद्यान्न र लत्ता–कपडा सदरमुुकाम सिमकोट आए पनि बिकास निर्माणका सामान भने सबै हिल्सामै रोकिएको हो। उक्त सामानलाई ब्यापारीले हिल्सामा पालले छोपेर राखिएको छ। हिल्सामा रहेको सामानमा एघार हजार बोरा सिमेन्ट र तीन गाडी सरिया रहेको छ।

अब नारा लेकको सडक सुचारु नभएसम्म उक्त सामान हिल्सामै रोकिनेछ। नारा लेकमा तीन देखि चार फिट हिउँ जमेको कारण उक्त सामान वैशाखअगाडि ल्याउन सम्भव देखिएको छैन। पुुस १३ गते कोरानापछि चीनले हिल्सा नाकाबाट पहिलो पटक सामान आयात गर्न एकतर्फी नाका खुलाएको थियो।

पटक–पटक गरी चीनले ३४ गाडी खाद्यान्न, लत्ताकपडा र विकास निर्माणका सामग्री नेपाल पठाएको थियो। यसबाट तीस लाखभन्दा बढीको सामान चीनबाट नेपाल आयात भएको थियो। ब्यापारीलाई सरिया र छड नबिग्रिए पनि सिमेन्ट भने चिसोले बिग्रिने चिन्ता थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय