latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, २३ माघ

सरकारले आजवाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारवाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

यसैगरी सरकारले आज नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ ।

सरकार अनुसार केन्द्रीय बैंक अर्थात राष्ट्र बैंकले ले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड, एक बर्ष अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय