latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

हेमन्त केसी/न्युज कारखाना

सुर्खेत, २० माघ

कर्णाली प्रदेशमा सात वर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका छन् भने हाल ८४ जना कुष्ठरोगका विरामी उपचारमै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म सात वर्षको अवधिमा प्रदेशभर सो संख्यामा कुष्ठरोगका बिरामी फेला परेको समेत निर्देशनालयले जानकारी दिएको छ । प्रदेशका दश जिल्लामा गरी ८४ जनाले उपचार गराउँदै आएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

जुम्लामा १०, कालिकोटमा ८, हुम्लामा २, सुर्खेतमा १५ जना, दैलेखमा १२, सल्यानमा ११, रुकुमपश्चिममा ११, जाजरकोटमा ११, डोल्पामा २ र मुगु जिल्लामा २ जना बिरामी रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ अधिकृत पदमबहादुर केसीले जानकारी दिए ।

संक्रमितहरूको जिल्लाका स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य चौकीलगायतमा उपचार भइरहेको छ । हाल कर्णालीमा कुष्ठरोग निवारणकै अवस्थामा रहेको समेत निर्देशनालयको भनाइ छ । प्रति दश हजार जनसंख्यामा १ जनाभन्दा कम बिरामी भएको अवस्थालाई निवारणको अवस्था मानिन्छ ।

लागूऔषध दुव्यर्सनी बढ्दो क्रम्मा

प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन्।

गत आव २०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागूऔषध दुव्यर्सनी बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय