latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

न्युज कारखाना

खोटाङ, २० माघ

उच्च अदालत पाटनले खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगतका दुई प्याकेज कालोपत्रेको ठेक्का तोड्ने निर्णय उल्टाइदिएको छ । उच्च अदालतले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्ड डिबीएसटी कालोपत्रे योजनाको ठेक्का तोड्ने निर्णय हाललाई कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश दिएको हो ।

ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले गत पुस ८ गते फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो ।

ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार कम्पनी अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रेको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगती वारे अनुगमन गर्न अन्तरिम आदेश दिएको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

ठेक्का तोड्ने निर्णय भएपछि ठेकेदार रिट हाल्न उच्च अदालत पुगेको थियो । ठेक्का तोड्ने निर्णयलाई अदालतले अन्तरिम आदेशमार्फत उल्टाइदिएपछि निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी, काठ्माडौंले फोक्सिङटार–सिमपानी (राजापानी) सडक खण्डमा काम सुचारु गराएको छ । अदालतको अन्तरिम आदेशमा ठेक्का कायम राख्न सफल निर्माण व्यवसायीले बाँकी काम सरासर गर्नेमा बिश्वस्त हुने ठाउँ भने नभएको खोटाङका प्रदेशसभा सदस्य पाँचकर्ण राईले बताए ।

२७ किलोमिटर लम्बाई भएको फोक्सिङटार–सिमपानी (राजापानी) सडक डिबीएसटी कालोपत्रे गर्ने ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी र अँधेरी खोला–फोक्सिङटार सडकको जिओटेक्निकल एण्ड क्रस ड्रेनेज वर्कको ठेक्का मैनाचुली/सिद्धिसाई प्रकाश जेभी, काठ्माडौंले लिएको थियो । ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले दुई खण्डको ठेक्का तोडेको सुचना जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय