latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

काठमाडौं, १९ माघ । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आजबाट ५ वर्षमा लागेका अंशले काठमाडौँको बुढानिलकण्ठमा रहेको पवित्र समाज सेवा नेपालमा रहेका अनाथ बालबालिकाहरुका लागि भनेर आफू जन्मेको दिनको अवसरमा उक्त रकम सहयोग गरेको अंशका बाबु डाक्टर रमिल अधिकारीले जानकारी दिए ।

न्युजिल्याण्डमा नै जन्मिएका अंश आजबाट नै औपचारिक रुपमा नयाँ प्रवेश्य तहमा सेन्ट जोसेफ अपरहटमा स्कुल सुरु गर्दैछन् । उनले आफ्नो जन्मदिन स्कुलमा साधारण तरिकाले केक मात्रै काटेर मनाउने र पार्टी नगर्ने अंशका बाबु डा अधिकारी बताउँछन् ।

अंशले न्युजिल्याण्डबाट पठाएको उक्त रकम बुझ्दै पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाईंले ५ वर्षको बाबुले आफ्नै समान उमेरका बाबु आमा नभएका बालबालिकाका लागि गरेको सहयोग स्रहानीय भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय