latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

भक्तपुर, १८ माघ । प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउँपालिका–५ का २५ वर्षीय युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने दोलखा गौरीशंकर– ५ कै २३ वर्षीय देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए ।

सोही घटनाको वास्तविक परीक्षार्थी युवराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागि कार्यालयको हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय