latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

महोत्तरी, १६ माघ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा प्रदर्शन भएको छ ।

मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरी एमालेका सांसद हुन् भने उनी प्रहरीको फरार सूचीमा छन् । तर, उनको बचाउमा एमाले र कोइरी समाजमा उत्रिएको छ । कोइरीमाथि झुट्टा मुद्दा लगाएको भन्दै नागरिक समाजको सहारामा नेकपा एमाले प्रदर्शनमा उत्रिएको हो ।

११ माघमा जनकपुरमा प्रदर्शन गरेको एमालेले अभियुक्त कोइरीको गाउँ गौशालामा सोमबार पनि नागरिक समाजको नाममा नै प्रदर्शन भएको छ ।
कुशाहा कल्याण समाज नामक कोइरी जातीय समूहले सांसद महतोलाई झुट्टा मुद्दा लगाएको बताउदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

मधेश आन्दोलनका क्रममा मधुमेह र उच्च्च रक्तचापको समस्याका कारण घरमै स्वास्थ्यलाभ गरिरहेका बेला भएको असई थमनको हत्यामा सांसद कोइरीको कुनै संग्लनता नरहेको कुशाहा कल्याण समाजले दाबी गरेको छ ।

नेकपा एमालेवाट महोत्तरी क्षेत्र न.१ मा निर्वाचित भएका संसद कोइरीलाइ पक्राउ गर्न प्रहरीले सक्रियता बढाएपछि उनी पुनः फरार भएका छन ।
केहीले उनी भारतको पटना रहेको बताए पनि उनी कहाँ छन भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गर्न आदेश दिएको थियो । तर, फरार रहेकै बेला गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

केही साताअघि सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय