latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

न्युज कारखाना

खोटाङ, १५ माघ

खोटाङमा झण्डै ११ वर्षसम्म बेवारिसे बनाइएको कलाकार एवम् साहित्यकार लैनसिं बांदेलको शालिकलाई व्यवस्थित रूपमा पार्कमा राखिएको छ । वर्षौं अलपत्र परेको बांदेलको अर्ध कदको शालिकलाई ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको शुक्रबारेडाँडा, बेनेसेनमा पार्क बनाएर राखिएको हो ।

राखाबांदेल कलाकार बांदेलको पुर्खौली थलो हो । वडा कार्यालयबाट दुई लाख विनियोजन गरेर घराबारा सहितको लैनसिं बांदेल पार्क निर्माण गरेर बांदेलको शालिकलाई व्यवस्थित रूपमा राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए ।

जिल्लाको सार्वजनिकस्थलमा राख्नेगरी मोरङ बेलबारीका मुर्तीकार श्याम गौतमले बांदेलको शालिक बनाएर २०६७ सालमा तत्कालिन जिल्ला बिकास समितिलाई हस्तान्तरण गरेका थिए ।

गौतमले बांदेलको शालिक सहित हलेसीमा राख्नेगरी एउटा शिवलिंग र बसाहाको ढुंगेमुर्ती निःशुल्क हस्तान्तरण गरेका थिए । दिक्तेलमा पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच/छ वर्ष राखिएको बांदेलको शालिकलाई २०७३ सालमा तत्कालिन गाबिसबाट ढुवानी खर्च छुट्याएर ट्याक्टमा बोकेर राखाबांदेल लगिएको थियो ।

दिक्तेलसम्म शालिक पुर्‍याउने क्रममा तत्कालिन जिल्ला बिकास समितिले गौतमलाई ३० हजार भाडा दिएको थियो । त्योबेला जिविस र जिल्लास्थित राजनीतिक दलका नेताले दिक्तेलको रत्नपार्क आसपासमा बांदेलको प्रतिमा राख्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा बांदेलको शालिक दिक्तेलबजारमा वर्षौसम्म सडक पेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो ।

स्थापनामा चासो नदिइदा दिक्तेलमा बेवारिसे बनेको बांदेलको शालिक स्थापनाका लागि २०७१ सालमा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बांदेल प्रतिमा स्थापना समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय