latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

सुधा देव/न्युज कारखाना

सप्तरी, १५ माघ

प्रदेश सांसद माला कर्णले मधेस प्रदेशको सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्न आवश्यक रहेको बताएकी छन् ।

प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा राष्ट्रिय प्राथमिक अधारभूत विधालय राजविराज-८ का बालबालिकालाई आइतबार शैक्षिक सामग्री वितरण गर्दै सो कुरा बताए हुन् ।

उनले शैक्षिक गुणस्तर सुधारका निम्ति आफूले गर्नुपर्ने पहल प्रदेश सरकारसँग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन् । राजविराज नगरपालिका-८मा एउटा मात्र सामूदायिक विद्यालय रहेकोले यसलाई नमुना विद्यालय बनाउनुपर्ने कर्णको जोड रहेको थियो ।

यो विद्यालय महिलाहरू मात्रै सञ्चालन गर्दै आएको र विद्यालय व्यवस्थापन समितिमा समेत महिलाहरूकै टिम रहेकोले यो विद्यालय आफैँमा नमुना विद्यालय रहेको उनको भनाइ रहेको थियो ।

विद्यलयमा सबै थोक हुँदाहुँदै पनि वालवालिकाहरूलाई निरन्तर पढाइको लागि प्रोत्साहन गर्नु पर्ने सांसद कर्णले बताइन् ।

यस विद्यलालयमा डेढ सय विद्यार्थी अध्ययनरत छन् ।सबै बिद्यार्थीहरू निरन्तर नआइदिएर पठनपाठनमा समस्या हुँदै आएको शिक्षिका रेणु गुप्ताले बताइन् । शिक्षिका गुप्ताले बालबालिकाहरूलाई निरन्तर विद्यालय ल्याउन पहल भइरहेको बताइन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रम प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस सेन्टर नेपालको प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, सचिव ध्रुव कुमार मण्डडल, जिल्ला उपाध्यक्ष कमान्नद माझी, कोषाध्यक्ष जितेन्द्र गुप्ता विद्यालयका शिक्षकाको समेत उपस्थिति रहेको थियो ।

विद्यालयका ३५ जना बालबालिकालाई ५/५ वटा कापी र २/२ वटा डटपेन समेत वितरण गरिएको सेन्टरका अध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय