latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौ । ब्यारेकको मेडिकल वार्डमा काम गर्ने श्रीमान आर्मी ब्यारेकवाट हराएका छन् । विवाह गरेको करिब ९ वर्ष भइसकेको थियो । तर श्रीमानको कुनै नराम्रो बानी ब्यवहार भएको पनि श्रीमतीलाई थाहा थिएन । तर अचानक ब्यारेकवाटै श्रीमान हराएपछि श्रीमती खोजी गर्दै काठमाडौ आइपुगीन् ।

यो घटना मिना तामाङको हो । उनका श्रीमान असोज ३ गतेवाट हराएका हुन् । उनी पोष्टेडका कारण स्वास्थ्य समस्यामा थिए । उनी दुखाइ सहन नसकेर श्रीमतीसंग एक पटक राम्रोसंग उपचार गराउन पाए हुन्थ्यो भनिरहन्थे । त्यसैले उनले उपचार पनि गरे । शल्यकृया पछि उनी फेरी ब्यारेक फर्कीएका थिए । शल्यकृया गरेपछि पनि दुखाई कम नभएको श्रीमतीलाई सुनाएका थिए । उनका श्रीमानको नाम

अर्जुन कुमार तामाङ हो । ताप्लेजुङ घर भएकी मिना अहिले घरमा दुई छोरा छोडेर श्रीमान खोज्दै काठमाडौ आएकी हुन् । ५ वर्ष लागेका दुई जुम्ल्याहा छोरा छोडेर काठमाडौ आएकी उनले अझै श्रीमान कहाँ छन् भन्ने थाहा पाउन सकेकी छैनन् । ब्यारेकको सीसीटीभी क्यामेरा हेर्दा पनि उनी कतै बाहिर गएको देखिदैन । शल्यक्रिया गरेर ब्यारेक गएपछि श्रीमतीले लगातार फोन गर्दा पनि उनले उठाएका थिएनन् । त्यसपछि उनले बहिनीलाई पनि भिनाजुको खोजी गर भनेर पठाइन् ।

बहिनीले ब्यारेक भित्रकै मेडिकलका अर्का कर्मचारीलाई भिनाजुको बारेमा सोध्दा उनले म बाहिर आएको छु दाई मेडिकलमै हुनुहुन्थ्यो भनेर सुनाए । तर साँझ उनी फर्केर ब्यारेकमा खोजी गर्दा उनी फेला परेनन् । त्यसपछि आफुले बहिनीलाई ब्यारेकमै गएर भिनाजुको खोजी गर्दा पनि उनी फेला परेनन् । अहिले सम्म खोजी गर्दा पनि अर्जुन फेला परेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय