latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, १५ माघ । अनुमतिपत्र बिना वस्तु विनिमय बजार व्यवसाय नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । अनुमति बिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै जनाएको छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको व्यहोरा सम्बन्धीत सबैमा बोर्डले सुचीत गराएको छ ।
पछिल्दो समयमा केही संस्था–कम्पनीले वस्तु विनिमय बजार सम्बन्धी कारोबार गरिरहेकोहरुप्रति बोर्डले ती कम्पनीहरुलाई सचेत र बोर्डको गम्भीर ध्यानाकर्षण पनि भएको छ

वस्तु विनिमय बजार र सम्बन्धी व्यवसायहरुले बिना अनुमति कुनै किसिमको कारोबार गरेमा कानुनी कारबाही हुने बोर्डले सबैलाई सूचित गराएको छ ।
बोर्डले आम लागानीकर्ताहरुलाई बिना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत् वस्तु विनिमय बजार सम्बन्धित कारोबार नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय