
काठमाडौं। प्रतिनिधिसभाको बैठक २२ असोजमा बस्ने भएको छ। मंगलबार बसेको बैठक एमालेका सांसदहरूले नाराबाजी गरेका थिए।
उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन्।
प्रतिनिधिसभाको अर्काे बैठक २२ असोज शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।