काठमाडौं, १५ माघ । गायक मनोज केसीको स्वरमा रहेको ‘घर त गैरी गाउँ’ सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिक अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन् ।

मनोज केसी र रामकुमार गुरुङ (आरके गुरुङ)को शब्द सृजना रहेको सो गीतमा आरके गुरुङले संगीत भरेका छन् ।

झम्के साँझ, सोल्टिनी, मस्यौरी, चाइनेजो, साह्रै मन अत्त्याउनी, भँमरा, फिदा, मेरो क्रस, सालैजो कौराजस्ता हजारबढी लोकपप आधुनिक गीतहरुको भिडियो निर्देशन गरेका दीपेन्द्र तिमल्सिनाकै निर्देशन र कोरियोग्राफीमा गरेको ‘घर त गैरी गाउँ’को भिडियोमा जुना सुन्दास, आयुस्मा कार्की, गणेशमान घले र रमेश थापाको अभिनय छ ।

तिमल्सिनाले नेपाली तथा भोजपुरी गरी एक दर्जनभन्दा बढी चलचित्रहरुमा नृत्य निर्देशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय