latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, १३ माघ । बलिउड अभिनेता सञ्जय दत्त र अरशद वारसीले फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मार्फत दर्शकको मन जिते । फिल्ममा उनीहरूको अभिनयलाई दर्शकले खुबै मन पराए । फिल्ममा सञ्जय ‘मुन्नाभाइ’ र अरशद ‘सर्किट’को भूमिकामा थिए । अब यो जोडी पुनः दर्शकमाझ आउने तयारी गरिरहेको छ ।

सञ्जयले बिहीबार आफ्नो इन्स्टाग्राम एकाउण्टमा नयाँ फिल्मको पोस्टर शेयर गरेका छन् । यो पोस्टरमा सञ्जय र अरशद जेल भित्र छन् । दुवैले कैदीको कपडा लगाएका छन् । ‘हाम्रो पर्खाइ तपाईंहरुको भन्दा धेरै बढी थियो, तर अब त्यो पर्खाइ सकिएको छ । म आफ्नो भाइ अरशदका साथ एकपटक पुनः ठूलो फिल्म लिएर आउँदैछु’, उनले लेखेका छन् ।

सञ्जयका अनुसार सन् २०२३ मा रिलिज हुने फिल्ममा सिद्धान्त सचदेवको निर्देशन छ । फिल्मको निर्माता सञ्जय स्वयम् हुन् । सञ्जय र अरशदले सन् २००३ मा रिलिज फिल्म ‘मुन्नाभाई एमबीबीएस’ र सन् २००६ मा ‘लगे रहो मुन्नाभाइ’मा अभिनय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय