काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड एकदमै डर छेरुवा नेता भएको बताएका छन् । कट्टेलले प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुदा तत्कालिन प्रधान सेनापति रुक्मांगत कटुवालसंग डराएर एक रात घरनै छोडेर भागेको खुलासा गरेका छन् ।

तत्कालिन सरकारले रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने निर्णय गरेको रात प्रचण्ड घर छोडेर भागेको उनको भनाइ छ । ओली टिभी नेपाल संगको कुराकानीमा उनले प्रचण्डको सुरक्षा टिममा खटिएको एक सुरक्षाकर्मीले आफुलाई बताएको जानकारी दिए । कट्टेलले त्यस दिन प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्डलाई अन्त कतै बाहिर अरुको घरमा राखिएको थियो ।

त्यसपछि बिहानै उनलाई बालुवाटार पुर्याएको थियो । सेनाले ‘कु’ गर्न सक्ने सम्भावनालाई देखेर प्रचण्डलाई लुकाइएको उनको जिकिर छ । प्रधानमन्त्री निवास भित्रै असुरक्षित बनेर भाग्ने सम्भवत प्रचण्ड इतिहासकै पहिलो प्रधानमन्त्री होलान । उनले भने, ‘प्रचण्ड कति डरपोक छन् भन्ने उदाहरण यहि काफि छ ।’ अहिले पनि प्रचण्ड एमाले अध्यक्ष ओलीसंग बेस्सरी तर्सिएको उनको भनाइ छ । इमान्दार मिडियाबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय