latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड एकदमै डर छेरुवा नेता भएको बताएका छन् । कट्टेलले प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुदा तत्कालिन प्रधान सेनापति रुक्मांगत कटुवालसंग डराएर एक रात घरनै छोडेर भागेको खुलासा गरेका छन् ।

तत्कालिन सरकारले रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने निर्णय गरेको रात प्रचण्ड घर छोडेर भागेको उनको भनाइ छ । ओली टिभी नेपाल संगको कुराकानीमा उनले प्रचण्डको सुरक्षा टिममा खटिएको एक सुरक्षाकर्मीले आफुलाई बताएको जानकारी दिए । कट्टेलले त्यस दिन प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्डलाई अन्त कतै बाहिर अरुको घरमा राखिएको थियो ।

त्यसपछि बिहानै उनलाई बालुवाटार पुर्याएको थियो । सेनाले ‘कु’ गर्न सक्ने सम्भावनालाई देखेर प्रचण्डलाई लुकाइएको उनको जिकिर छ । प्रधानमन्त्री निवास भित्रै असुरक्षित बनेर भाग्ने सम्भवत प्रचण्ड इतिहासकै पहिलो प्रधानमन्त्री होलान । उनले भने, ‘प्रचण्ड कति डरपोक छन् भन्ने उदाहरण यहि काफि छ ।’ अहिले पनि प्रचण्ड एमाले अध्यक्ष ओलीसंग बेस्सरी तर्सिएको उनको भनाइ छ । इमान्दार मिडियाबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय