latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, १३ माघ । फिल्म ‘पठान’मार्फत अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक बलिउड बक्सअफिसका लागि धमाकेदार बनेको छ ।

फिल्मले रिलिजको पहिलो दिन नै बलिउड ‘सकिएको’ मान्ने ट्रोलर्सको होस नै उडाइदिएको छ । फिल्मले पहिलो दिनमै भारतमा करिब ५४ करोडको व्यापार गरेको छ । हिन्दी फिल्मको इतिहासमा फिल्म रिलिजको दिन नै यति बम्बर ओपनिङ सायदै कमैलेमात्र चाख्न पाएका छन् ।

यो फिल्मले कमाईसँगै अन्य कैयौं रेकर्ड ब्रेक गरिसकेको छ । फिल्मले विश्वव्यापी रुपमा नै सय करोड बढीको व्यापार गरिसकेको छ । रोचक कुरा के छ भने फिल्मले नयाँ १० रेकर्ड पनि कायम गरेको छ । यी हुन् ‘पठान’का १० रेकर्ड

१. भारतमा हालसम्म सर्वाधिक बढी स्क्रिनमा रिलिज हुने पहिलो फिल्म ।

२. पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाई गर्ने हिन्दी फिल्म ।

३. बिना कुनै सार्वजनिक विदाको दिन रिलिज यस्तो पहिलो फिल्म, जसले ओपनिङ डेमै रेकर्डयुक्त कमाई गर्‍याे ।

४. यशराज ब्यानरको तेस्रो फिल्म जसले ‘वार’(५३ दशमलब ३५ करोड) र ‘ठग्स अफ हिन्दुस्तान’ (५२ दशमलब २५) पछि पहिलो दिन बक्सअफिसमा नेट ५० करोड भन्दा व्यापार गर्ने फिल्म

५. तेस्रो यशराज स्पाय युनिभर्स फिल्म जसले ‘एक था टाइगर’ र ‘वार’ पछि रेकर्ड कायम गरेको छ ।

६. पहिलो दिन झण्डा गाड्ने शाहरुखको करियरकै पहिलो हाइएस्ट ग्रसिङ फिल्म

७. दीपिका पादुकोणको करियरको लागि पनि ‘पठान’ पहिलो फिल्म हो, जसले ओपनिङ डेमा रेकर्डब्रेक कमाई गर्यो ।

८. पहिलो दिन जोन अब्राहमको करियरको पनि पहिलो हाइएस्ट ग्रसिङ फिल्म ।

९. यशराज फिल्मसको पनि पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने पहिलो फिल्म ।

१० निर्देशक सिद्धार्थ आनन्दको करियरको पहिलो दिन कमाइ गर्ने पहिलो फिल्म ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय