latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौँ, १३ माघ । माया खोला हाइड्रोपावर कम्पनीले माघ १३ गते शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ३४ प्रतिशत अर्थात १ अर्ब रुपैयाँको सेयर बिक्री गर्नलागेको हो। स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीका लागी प्रतिकित्ता १०० रुपैयाँ अंकित ३४ करोडको सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सोमध्ये स्थानीय क्षेत्रका आयोजना प्रभावितका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुका लागी २ लाख ४० हजार कित्ता सेयर छुट्याइएको हो ।

साथै, १ लाख २० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ४२ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसैगरी स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई बाँडफाँट गरेपछि सर्वसाधारणका लागी कम्पनीले बिक्री खुलाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय