
त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ
काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज ट्याक्सी वे छाडेर बाहिर गएपछि ठूलो दुर्घटना हुनबाट जोगिएको हो । विमानमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ । जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।जहाज क्याप्टेन महेश्वरी डंगोलले चलाएकी थिइन् । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ
करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेका जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको बताइएको छ । अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ । विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो ।