बैतडी, १९ असोज-बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । साेमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका-५ खालीबाटा महेश लुहारकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाकाे शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।

मृतक लुहारका श्रीमती र एक छोरा छन् । स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेकाे स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेकाे भैंसी पनि चट्याङ लागेर मरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय