latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
बेल्जियम, ११ माघ
अन्टार्कटिकाको मरुभूमिबाट वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले पाँचवटा नयाँ ‘अन्तरिक्ष चट्टानहरू’ फेला पारेका छन् र तीमध्ये एउटा झण्डै ८ किलोग्राम (१७ पाउन्ड) छ । युरेकअलर्टका अनुसार यहाँ फेला परेका झण्डै ४५ हजार उल्का पिण्डहरू मध्ये यो भर्खरै पत्ता लागेको उल्कापिण्डको आकार सय वटा पिण्डभन्दा ठूलो छ ।
अभियानमा सहभागी फिल्ड म्युजियम एन्ड युनिभर्सिटी अफ शिकागोका अनुसन्धान वैज्ञानिक मारिया वाल्डेसका अनुसार साना उल्कापिण्ड पनि अविश्वसनीय रूपमा मूल्यवान छन् ।
युनिभर्सिटी लिब्रे डि ब्रक्इल्सका भल्देस र भिन्सियन डिबेली, इटीएच–जुरिचकी मारिया स्होनब्याचलर र भ्रिजी युनिभर्सिटी ब्रसेलका रोगा माएडा अध्ययनमा सहभागी थिए । अनुसन्धानको नेतृत्व भिन्सियनले गरेका थिए ।
टोलीले फेला पारेको उल्कापिण्ड अब रोयल बेल्जियम इन्स्टिच्युट अफ नेचुरल साइन्सले विश्लेषण गर्नेछ । अनुसन्धानकर्ताहरूले उल्का पिण्डको अवशेषहरूको पनि अध्ययन गर्नेछन् ।
यस बाहेक चार अनुसन्धानकर्ताहरूले उल्का पिण्डको अवशेषहरूको पनि अध्ययन गर्नेछन् । उल्कापिण्डको अध्ययनले ब्रह्माण्डमा हाम्रो स्थानलाई अझ राम्रोसँग बुझ्न मद्दत गरेको टोलीकी सदस्य भल्देसले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय