latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
सान्टियागो, ९ माघ
वैज्ञानिकहरूले चिलीको पाटागोनियाको एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेषहरू फेला पारेको जनाएका छन् । युनिभर्सिटी अफ चिलि र युनिभर्सिटी अफ टेक्साससँगको सहकार्यमा चिलियन अन्टार्टिक इन्स्टिच्युट (इनाच)ले एक खोजका क्रममा ती अवशेषहरू फेला पारेका हुन् । सन् २०२१ मा फेला परेका र प्रयोगशालामा पठाइएका जीवाश्महरू यस क्षेत्रमा पहिले पहिचान नभएका प्रजाति भएको बताइएको छ ।

यी जीवाश्महरू अर्जेन्टिनाको सीमास्थित दक्षिणी चिलीको लास चिनस उपत्यकाको सेरो गुइडोमा फेला परेका थिए । फेला परेका जीवाश्मलाई अध्ययनका लागि प्रयोगशालामा लगिएको थियो ।

अनुसन्धानकर्ताहरूले दुई चरा प्रजातिका अवशेषहरू पनि फेला पारेका थिए । तीमध्ये एक इनानटिओरनाइथ र अर्को अर्को ओरनिथुरिनेइ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय