latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बैतडी, १८ असोज – बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ । गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो । योसँगै उक्त विद्यालयमा एक शिक्षक र दुई विद्यार्थीमा सङ्क्रमण देखिइसकेको छ ।

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार सङ्क्रमण पुष्टि भएका शिक्षक र विद्यार्थी होम आइसोलेशनमा बसिरहेका छन् । उहाँले भन्नुभयो,“सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल छैन, उनीहरु सबै होम आइसोलेशनमा बसिरहेका छन् ।” सङ्क्रमण देखिएपछि अन्य शिक्षक र विद्यार्थीको पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा १०६ जनाको स्वाब सङ्कलन गरिएकामा ७५ जनाको रिपोर्ट आएको छ ।

यसैबीच शिक्षक विद्यार्थीमा कोरोना देखिएपनि विद्यालय भने नियमित रुपमा सञ्चालनमा रहेको छ । स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गरिएकोे विद्यालयले जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय