latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
मेक्सिको सिटी, ३ माघ

मेक्सिकोले सार्वजनिक स्थानमा धुम्रपानमा पूर्ण प्रतिबन्ध लगाएर विश्वको सबैभन्दा कडा सूर्तिजन्य पदार्थ विरोधी कानून लागू गरेको छ। सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानुनमा सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध पनि समावेश छ। धेरै अन्य ल्याटिन अमेरिकी देशहरूले पनि धुम्रपान मुक्त सार्वजनिक स्थानहरू सिर्जना गर्न कानून पारित गरेका छन् ।

मेक्सिकोको कानूनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ । यो संसारमा सबैभन्दा कडा धुम्रपान विरोधी कानूनहरू मध्ये एक हो।
मेक्सिकोको २००८ को विद्यमान कानुनले बार, रेस्टुरेन्ट र कार्यस्थलहरूमा धुमपान–मुक्त ठाउँहरू घोषणा गरेको थियो । अब सबै सार्वजनिक स्थानहरूमा यो प्रतिबन्धमा विस्तार गरिएको छ । पार्क, बीच, होटल, कार्यलय र रेस्टुरेन्टहरुमा पनि यस्तो प्रतिबन्ध लाग्नेछ ।

सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ । अर्थात् पसलभित्र चुरोट देखाउन पाइने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय