latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, ३ माघ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहम असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेंको बताएका छन् ।

मंगलबार उपप्रधानसहित ऊर्जामन्त्री नियुक्त हुन लागेका लिङ्देनले आफ्नो लागि यो अग्निपरीक्षा ढिलोचाँडो अनिवार्य रहेकोसमेत बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले असम्भव जस्तो लागे पनि आफू खरो उत्रिने र त्यसका लागि धैर्यता र सहयोगका लागि अपिल गरेका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु,’ उनले लेखेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले मंगलबार राष्ट्रपतिबाट उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डेले सहरी विकास, ध्रुवबहादुर प्रधानले कानुन मन्त्रीको र दिपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्री पदको शपथ लिने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय