latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
धनगढी, ३० पुस

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिममा सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन गरिएको थियो । तर, निर्वाचनमा दुई वटै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए, भने भीम भण्डारीले २७ मत प्राप्त गरेपनि एक मतबदर भएको थियो ।

सभामुखको निर्वाचन कार्यतालिका सहित शुक्रबार ११ बजेका लागि पनि बैठक आह्वान गरिएको थियो । तर, प्रदेश सभाको अध्यक्षता गरिरहेका जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले कानूनी परामर्श लग्नु पर्ने भन्दै शुक्रबार बोलाइएका बैठक स्थगित गरेका थिए । उनले शुक्रबार दोश्रो पटकका लागि पनि बैठक आह्वान गरेनन् ।
जेष्ठ सदस्यले बैठक स्थगित गरेपछि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबार साँझ बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए । सत्तारुढ दलको दबाबपछि आज (शनिबार) बिहान बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिममा २ माघसम्म सभामुख चयन भइसक्नुपर्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार २ माघमा प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन पूरा हुनेछ । २ माघभित्र सभामुख चयन नभए संवैधानिक जटिलतातर्फ प्रदेशसभा धकेलिने छ

सभामुखको भूमिकाप्रति सत्तापक्ष ससंकित
सभामुखको जिम्मेवारी सम्हालेका व्यक्तिनै उपस्थित नभएपछि प्रदेशसभा सचिवालयले शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थिगित भएको सूचना टाँसेको थियो । प्रदेश सभा सचिवालयले बैठक अनिश्चित कालका लागि स्थिगित गरेपछि शत्तारुढ दलहरु सभामुखको भूमिका प्रति शसंकित बनेका छन् ।

‘खासगरी प्रदेशसभाको पहिलो बैठक बसेको ३० दिनभित्र प्रदेश सभाबाट सभामुख चयन भइसक्नुपर्ने हो,’ प्रदेश सभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले भने, ‘त्यो मिति २ माघमा सकिंदैछ, त्यसपछि के गर्ने भन्ने संविधानमा उल्लेख छैन, सभमुखका कारण हामी संवैधानिक जटिलतातर्फ गइरहेका छौं ।’ शुक्रबार ११ बजेपछि सभामुख भट्ट सम्पर्कमै नआएका उनले बताए ।

माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबारनै प्रदेशसभा बैठक आह्वान गरी सभामुख चयनको कार्यसूची पेश गर्न प्रदेश सभा सचिवालयलाई आग्रह गरिएको पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय