latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, ३० पुस
भर्जिनिया स्कुलमा गत साता आफ्नो शिक्षकलाई गोली हानेको कथित रूपमा बच्चासँग हतियार हुन सक्ने भनेर गोली चलाउनु अघि त्यहाँका एक कर्मचारीलाई सचेत गरिएको बताइएको छ । गत साता ६ वर्षीय बालकले आफ्नै शिक्षकलाई विद्यालयमा गोली हानेका थिए ।

सचेतपछि बालकको झोला खोजियो तर कुनै हतियार फेला परेन, रिचनेक इलिमेन्टरी स्कूलका सुपरिटेन्डेन्ट जर्ज पार्करले अभिभावकलाई बताए।
प्राथमिक कक्षाकी शिक्षिका अबिगेल ज्वेर्नरलाई बालकले “जानाजानी“ गोली हानेको प्रहरीले बताएको थियो । शिक्षिकालाई गम्भीर चोट लागेको थियो ।

उनले आमाको बन्दुक प्रयोग गरेको प्रहरीले जनाएको छ । सो गोलीकाण्डले न्यूपोर्ट न्यूज सहरलाई त्राहिमान बनाएको छ ।
बालकले हतियार लुकाएका थिए वा किन अधिकारीहरूले झोलामा फेला पारेनन् भन्ने विद्यालय प्रमुख पार्करले स्पष्ट पारेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय