latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, २९ पुस । अन्ततः घनश्याम भुसालले डेढ वर्षपछि माधवकुमार नेपाललाई नै साथ दिने निर्णय गरेका छन् । तत्कालीन नेकपा र पछि एमालेमा माधव नेपाललाई सुरुमा साथ दिएका भुसाल पार्टी विभाजनका बेला केपी ओलीसँगै बसेका थिए । तर, माधव नेपालले एकीकृत समाजवादी गठन गरे । त्यसबेला नेपाललाई साथ दिने ‘१० भाइ’ मध्ये भुसाल पनि एक थिए ।

एमाले अध्यक्ष ओलीको रापताप थेग्न नसकेर एमालेमै बसेका पूर्वउपमहासचिव भुसाल पछि पार्टी नै त्याग्न बाध्य भए । एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई उम्मेदवार नै उठाएन । त्यसपछि उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रुपन्देही १ बाट उम्मेदवार बनेका उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए ।

निर्वाचनपछि एक्लै रहँदै आएका भुसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। नयाँ बानेश्वरस्थित अर्याल होटलमा दिउँसो २ बजे आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादीमा प्रवेश गर्नेछन्। पार्टी अध्यक्ष नेपालले भुसाललाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ।

भुसालले गत असोज २३ मा एमाले छाडेका थिए। भुसाललाई पार्टीमा स्वागतका लागि एकीकृत समाजवादीले यसअघि पत्रसमेत पठाएको थियो। भुसाललाई कुन जिम्मेवारी दिने एकीकृत समाजवादीले खुलाएको छैन। उनलाई उपाध्यक्ष वा महासचिव कुनै एक पद दिने तयारी रहेको पार्टीका नेताहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय