latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
पोखरा, २९ पुस
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज १ बजे विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिन उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन् ।
अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भने विश्वासको मत नदिने बताएका छन् । त्यसो हुँदा अधिकारीको पक्षमा ३१ सांसदले मत दिने छन् ।
एमालेकै १ सांसद जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गर्ने छन् । ६० सांसद रहेको यहाँ सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । उनले मुख्यमन्त्रीमा सपथ लिएकै दिन ३ मन्त्रीहरुले विना विभागीय सपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय