latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
बेइजिङ, २८ माघ

चिनियाँ प्रहरीले ग्वान्झाउमा पाँच जना पैदलयात्रीको मृत्यु हुने गरी कार हाँकेर १३ जनालाई घाइते बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति सर्वसाधारणको जनआक्रोश फैलाएको छ । धेरैले मानिसलाई जानाजानी लक्षित गरेर आक्रमण गरेको आरोप लगाएका छन् ।

अनलाइन पोस्ट गरिएका भिडियोहरूले दुर्घटना लगत्तै चालकले कारबाट बाहिर निस्केको र बैंक नोट हावामा फालेको देखाएको छ । प्रहरीले २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ र अनुसन्धान सुरु गरेको छ ।

१ करोड ९० लाख जनसंख्या भएको दक्षिणी ग्वान्झाउको व्यस्त जक्सनमा बुधबार साँझ भीडमा उक्त घटना भएका थियो । पछिल्लो समय यस्ता घटनाहरु दोहोरिने गरेका छन् । सन् २०२२ को फेब्रुवरीमा एक चालकले दक्षिणी प्रान्त फुजियानमा मानिसहरूमाथि एउटा मिनी ट्रक जोताउँदा तीन जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय