latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
ढाका, २८ पुस

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा बंगलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् ।

ढाकामा विद्युत मूल्यवृद्धिको (योजना कार्यान्वयन हुन बाँकी) को विरोधमा बीएनपीले जनवरी १६ मा देशव्यापी ¥याली र जुलुस गर्ने घोषणा गरेको छ । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले प्रधानमन्त्री हसिना नेतृत्वको अवामी लिगले प्रहरी र नोकरशाहलाई प्रयोग गरेर सत्तामा टाँसिएको बताए ।

ढाकाको सरकारले विगतका दुई आम चुनावमा जनताको मतदान अधिकार खोसिरहेको आलमगीरले दावी गरे । ‘जनताहरू यस अधिनायकवादी शासनबाट स्वतन्त्रता चाहन्छन्’ आलमगीरले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय