latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्यूज कारखाना
काठमाडौं, २८ पुस
नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा आज पनि ओरालो लागेको छ । अमेरिकी डलरमा १ रुपैयाँ ३३ पैसाले ओरालो लागेको हो । बिहीबार यसको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ ५६ पैसा र बिक्रीमा १३२ रुपैयाँ १६ पैसाले कारोबार भएको थियो ।

रोपियन युरो ३२ पैसाले घटेको छ । यसकोे खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ८८ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन भएको छ । यसको खरिदमूल्य ९० रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।
यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४५ पैसा र बिक्रीमा १० रुपैयाँ ५० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय