
पूर्व युवराज पारस शाह धेरैपछि निर्मल निवास पुगेका छन्। आफ्नी श्रीमती हिमानी राज्यलक्ष्मीको जन्मदिनको अवसर पारेर उनी निर्मल निवास पुगेका हुन्।
श्रीमती पूर्वयुवराज्ञी हिमानी शाहको ४५ औं जन्मोत्सवका अवसरमा पारस शुभकामना दिन निर्मल निवास पुगेका हुन्।
स्रोतका अनुसार हिमानी निर्मल निवासमा हुँदा पारसलाई प्रवेश निषेध थियो। तर जन्मोत्सवका क्रममा परिवारका सदस्यसँगै पारस पनि देखा परेका हुन्। यससँगै दशकयता बिग्रिएको दम्पत्तीको सम्बन्धमा सुधार आएको बुझिएको छ।
हिमानीले पूर्वराजारानी ज्ञानेन्द्र शाह र कोमलसँगै छोरा हृदयेन्द्र र पति पारससँग जन्मोत्सव मनाएकी थिइन्। उनले केक काटेर जन्मोत्सव मनाएकी थिइन्।
उक्त अवसरमा हिमानीले पारसलाई केक खुवाएकी थिइन्।