latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

अर्घाखाँची, २७ पुस

राष्ट्रिय एकता दिवसलाई विशेष महत्वका साथ मनाउनुपर्नेमा राज्यले उपेक्षा गरेकाे अर्घाखाँचीमा क्रियाशिल राजनीतिक दलका नेताहरुले गुनासाे गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले आयाेजना गरेकाे एकता दिवस समाराेहमा अर्घाखाँचीमा क्रियाशिल राजनितिक दलका नेताहरुले जिल्लामा विशेष महत्वका मनाइनुपर्नेमा राज्यस्तरबाट कन्जुस्याई गरिएकाे गुनासाे गरेका हुन् ।

नेपाल बचाउने व्यक्तिलाई राज्यले सम्झिएकाे र सार्वजनिक बिदा दिएकाेमा आभार व्यक्त गर्दै दलहरुले राज्यस्तरबाट कार्यक्रम आयाेजना नगरिएकाे र एउटा पार्टीले आयाेजना गरेकाे कार्यक्रममा निमन्त्रणा गर्दागर्दै पनि सरकारी निकायकाे सहभागिता नहुनु चिन्ताकाे विषय भएकाे उल्लेख गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पशुपति पाण्डे, नेपालि कांग्रेसका नेता बिष्णु क्षत्री, नेकपा एमालेका नेता श्रीकृष्ण भुसाल, नेकपा माओवादी केन्द्रका नेता काजिमान रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसाल, राष्ट्रिय जनमाेर्चाका नेता भिमलाल आचार्य, पत्रकार महासंघका अध्यक्ष अशाेक कुमार श्रेष्ठसहितले मन्तव्य राख्दै डेडदशककाे निरन्तरतालाई क्रमभंगता गर्दै सार्वजनिक विदा दिएकाेमा नेपाल सरकारलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा जिल्लामा रहेका सरकारि कार्यालयका प्रमुखहरु तथा जनप्रतिनिधि भने सहभाथी भएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय