latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

पूर्व युवराज पारस शाह धेरैपछि निर्मल निवास पुगेका छन्। आफ्नी श्रीमती हिमानी राज्यलक्ष्मीको जन्मदिनको अवसर पारेर उनी निर्मल निवास पुगेका हुन्।

श्रीमती पूर्वयुवराज्ञी हिमानी शाहको ४५ औं जन्मोत्सवका अवसरमा पारस शुभकामना दिन निर्मल निवास पुगेका हुन्।

 

स्रोतका अनुसार हिमानी निर्मल निवासमा हुँदा पारसलाई प्रवेश निषेध थियो। तर जन्मोत्सवका क्रममा परिवारका सदस्यसँगै पारस पनि देखा परेका हुन्। यससँगै दशकयता बिग्रिएको दम्पत्तीको सम्बन्धमा सुधार आएको बुझिएको छ।

हिमानीले पूर्वराजारानी ज्ञानेन्द्र शाह र कोमलसँगै छोरा हृदयेन्द्र र पति पारससँग जन्मोत्सव मनाएकी थिइन्। उनले केक काटेर जन्मोत्सव मनाएकी थिइन्।

उक्त अवसरमा हिमानीले पारसलाई केक खुवाएकी थिइन्।

 

पारस धेरैपटक विवादमा आइसकेका थिए। युट्युबर सोनिका रोकाया तथा अन्य युवतीहरुसँग पोखरामा रमाइलो गरिरहेका तस्बिरका कारण उनी विवाद आएका थिए। हालै उनी बाइक चलाउँदा हेल्मेट बिना देखिँदा आलोचित बनेका थिए। उनले त्यसबेला प्रहरीलाई दुर्व्यवहार गर्नुका साथै हार्ले डेभिडसन चलाउनेले हेलमेट नलगाउने बताएका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय