latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, २७ पुस

एनआइसी एसिया बैंकले क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । क्यास डिपोजिट मेसिनबाट भाैचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएकाे छ ।

बैंकले देशका विभिन्न स्थानमा १० वटा मेसिन सञ्चालनमा ल्याएको हो । काठमाडौंस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखामा मेसिन सञ्चालनमा ल्याएको छ ।

रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा पनि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको जनाएकाे छ ।

उक्त मेसिनमा ५०० र १०० दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५०० र दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

रकम जम्मा गर्दा खातावाला वा अन्य व्यक्तिले सो मेसिनमा ट्याप गरी बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर र खाता नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड (ओटिपी) कोड प्राप्त हुनेछ।

बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा टाइप गरेपछि उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद राखेपछि रकम गनेर खातामा जम्मा गर्नासाथ क्यास स्लिप अथवा मोबाइलमा डिपोजिट भएको जानकारी प्राप्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय