latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा १ रुपैयाँ ६४ पैसाले ओरालो लागेको छ । बुधबार यसको खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३२ रुपैयाँ १६ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८ पैसामा कारोबार भएको थियो ।

रोपियन युरोमा सामान्य परिवर्तन भएको छ । यसको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीमा १४० रुपैयाँ ८८ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर ७५ रुपैयाँले घटेको छ । यसको खरिदमूल्य ९० रुपैयाँ ९ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । यसअघि, मंगलबार खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो ।

कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९९ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४९ पैसा र बिक्रीमा १० रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७२ पैसा र बिक्रीमा १६ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ९० पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ९० पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय