latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
तेहरान, २६ पुस
इरानमा हिजावसम्बन्धी नियम उल्लंघनको आरोपमा पक्राउपछि हिरासतमै मृत्यु भएकी महसा अमिनीको विषयलाई लिएर भड्किएको प्रदर्शन जारी छ । सरकारले सुरक्षा फौजका सदस्यको हत्यामा संलग्न रहेको आरोपमा प्रदर्शनमा सहभागी थप तीन जनलाई मृत्युदण्ड सुनाएको छ ।

तीन महिनाभन्दा बढी प्रदर्शनको सम्बन्धमा मृत्युदण्डको सजाय पाएका व्यक्तिहरूको कुल संख्या १७ पुगेको छ ।

सालेह मिरहाशेमी, माजिद काजेमी र सईद याघौबीलाई ‘ईश्वर विरुद्ध युद्ध’ गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटले रिपोर्ट गरेको छ ।

हिजाबविरोधी प्रदर्शनका क्रममा ४ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । त्यस्तै, हजारौ प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय