latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

चाडपर्वको मुखमा पोखरामा चोरीको घटना पनि बढेको छ । पोखराको गैह्पाटनमा दिउसै भएको चोरीको घटनाले सर्तक रहन सचेत गरेको छ । आइतबार पोखरामा घरमै बसकी वद्धालाई झुक्काएर १ महिलाले सुनका गहना र जम्मा गरेर राखेको नगद समेत चोरी भएको छ

 

सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ। बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ।

काठमाडौं महानगरपालिका ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आमाको मात्र नाम उल्लेख गरी नागरिकता पाउने आदेश जारी गरेको हो।

आमा र बाबुबीच २०६५ सालमै सम्बन्ध बिच्छेद भएको र बाबुले छोरीप्रति गर्नुपर्ने व्यवहार, शिक्षादीक्षा, लालनपालन सम्पूर्ण व्यवहार नगरेको, आमा एक्लैले गरेको, आफ्नो जीवनकालको १८ वर्ष पार गर्दा बाबुलाई नदेखेको भन्दै तनिसीले आमाको नाम मात्र उल्लेख गरेर नागरिकता माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

१२ कक्षा उत्तीर्ण गरेर उच्चशिक्षा अध्ययनका लागि अमेरिकाको सिकागोस्थित डिपोल युनिभर्सिटिमा ६० प्रतिशत छात्रवृत्ति पाएर भर्ना गर्नका लागि राहदानी आवश्यक भएको र राहदानी बनाउन चाहिने नागरिकता आमाको नामबाट बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिन नमिल्ने भन्दै फर्काइदिएपछि तनिसीले सर्वोच्चको ढोका ढक्ढक्याएकी थिइन्।

हिजो शुक्रबार फैसला सुनाउँदै सर्वोच्चले परमादेश गरेको छ, ‘तनिसी चन्दका बाबु र आमा दुवै नेपाली नागरिक रही दुवैबीच सम्बन्धबिच्छेद भएको, नागरिकता प्राप्त गर्न निवेदकको उमेरबाट योग्य भएको एवं आमाको नाम मात्र राखी नेपाली नागरिकताको प्रमाणपत्र पेस गरी पाऊँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आवेदन पेस गरेकामा निज निवेदकको वंश छनोट गर्ने अधिकार रहेको हुँदा निजले आवेदनका साथमा पेस गरेका अन्य कागजातबाट निजको आमा र बाबु दुवैको पहिचान खुलेकाले सो विवरण जिल्ला प्रशासन कार्यालयको ढड्डामा सम्म उल्लेख गरी निजले माग गरेबमोजिम नागरिकताको प्रमाणपत्रमा आमाको नाम मात्र उल्लेख गरी नागरिकता जारी गर्नू ।’[][]

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय