latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
बेइजिङ, २६ पुस

पछिल्लो समय चीनको तेस्रो ठूलो जनसंख्या भएको हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । प्रान्तका ९० प्रतिशतभन्दा बढी जनसंख्या कोभिडबाट संक्रमित भएका स्वास्थ्य अधिकारीले बताएका छन् ।

९९ दशमलब ४ मिलियन जनसंख्या भएको उक्त प्रान्तका ८८ दशमलब ५ मिलियन मानिस संक्रमित भएका प्रान्तीय अधिकारी कान क्वाचेङले एक पत्रकार सम्मेलनमा जानकारी दिए । तर, कोभिड संक्रमण कहिले फैलिएको थियो भन्ने बारेमा उनले केही बताएनन् । तर सरकारले तीन साताअघि कोभिडसम्बन्धी सम्पूर्ण प्रतिबन्ध हटाएकोले संक्रमणका घटनामा पनि त्यस यता वृद्धि भएको अनुमान गरिएको छ ।

प्रान्तका ज्वरो क्लिनिकहरुमा उपचार गर्न जाने विरामीको चाप १९ डिसेम्बरमा उच्च रहेको पनि ती अधिकारीले बताए । ‘त्यसपछि संक्रमण निरन्तर गिरावटमा आएको छ ।’

ज्नवरी ८ सम्म चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २७२ पुगेको छ, जुन संक्रमणबाट मृत्यु हुने दर सबैभन्दा न्युन दर हो । चीनले सार्वजनिक गरेको तथ्यांकप्रति डब्लूएचओ र अन्य देशहरुले शंका व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय