latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गोली लाग्ने ओछ्यान मै छन रुघा लाग्ने थाइल्यान्ड उड्छन …
जय क्रान्ति । आफ्नै दाजुभाईको कन्चडमा दुस्मन भन्दै गोलि हानेउ ।आखिर ती प्रहरी सेना पनि गरिबका छोराहरु थिए खै सामान्ती काहा मार्यौ? दुई हल गोरु भएको किसानलाई सामान्ती भन्यौ उस्कै अन्न बस्तु भाउ जोत्दै गरेको गोरु लुटेर लगेर जँगलमा काटेर खायौ के लुट्नु र गरिबलाई दुख दिनु थियो क्रान्ती? बैँक लुटेर गरिब जन्ता लुटेर सम्पति थुपार्नुलाई थियो क्रान्ती ।

मन्दिर , गाबिस भवन पुल स्कुल जलाउन भत्कउनु थियो क्रान्ती? देशलाई १०० बर्ष पछाडि धकेल्नुलाई थियो क्रान्ति नेताले पैसा कमायो नेताले बिल्डिङ बनयो के पायो र माओबादि हुं भन्दै लड्नेहरु नेताले देश हरिकँगाल बनायो आज अपाँग भएर बाच्नु पनि तिमिहरुकै कर्मको फल हो? आज तिम्रा नेताहरु पजेरोमा कुद्छन महलमा बस्छन खोकि लाग्दा उपचार गर्न अमेरिका पुग्छन।

जन्ता खाना नपाई मर्छन गरिबी र अभाबले अस्पताल हेर्न नपाई मर्छन के एहि दिनको लागि थियो क्रान्ती? समग्रमा फाटेको कट्टो फेर्न नसक्ने खावोबादि नेता करोडपनि भए । तिनको लागि तिनलाई त्याहा सम्म पर्याउने लडाकुहरु बचेकाहरु खाडिमा बेल्चा हान्दै छन कोहि अपाँग भएर बाच्न बिबस छन।

अनि देशमा हिंसक भाँडभैलो मचाउने आतङ्ककारी हरुले गर्दा सीधा सधा युवा गाउँ ठाउँमा बसेर काम गर्न नसकी ठूला शहर र विदेश पलायन भएको होइन आफ्नो जिउ जोगाउन अनि परिवार पाल्न? त्यसको नैतिक जिम्मेवारी कस्ले र कहिले लिने?१७००० नेपालीको लाश माथि बसेर प्रवचन नदिनुस् आतंककारीज्यु।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय