latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
खोटाङ, २५ पुस

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार सात करोड नाघेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सहकारीको आर्थिक वर्ष २०७८/०७९ मा वार्षिक कारोबार पुँजी सात करोड ३६ लाख ६१ हजार २८४ रुपैयाँ पुगेको हो ।

जालपामा शनिबार सम्पन्न २६औं साधारणसभामा सहकारीले हालसम्म चार करोड ६६ लाख ८४ हजार २०५ रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ । बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्‍याउने उद्धेश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत ०५३ सालमा स्थापना गरिएको सहकारीको सेयर पुँजी ८१ लाख ४९ हजार ६०० रुपैयाँ पुगेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

हाल पाँच करोड ८८ लाख ६६ हजार ७६७ रुपैयाँ ऋण लगानीमा रहेको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको २०७८/०७९ को प्रगती प्रतिबेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ मा सहकारीले आठ लाख ५१ हजार ९५६ शेयर लाभांश वितरण गरेको छ । साधारणसभाले भावी निती तथा कार्यक्रम, प्रस्तावित बजेट, लेखा परीक्षण, विद्यान संशोधन लगायत पारित गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय